काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन संयुक्त विद्यार्थी संगठनहरूले माग गरेका छन् । बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन्। जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन...
समाचार
-
-
पहिलो टी–२० भारत ५ विकेटले विजयी
काठमाडौँ । सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली भारतले तीन टी–२० शृंखलामा १–० को अग्रता लिएको छ । जितका लागि १६५ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा सूर्यले ४० बलमा ६...
-
अझै आएन १० जिल्लाका एमाले महाधिवेशन प्रतिनिधिको नाम
काठमाडौं । महाधिवेशन सुरु हुन आठ दिन मात्र बाँकी रहँदा नेकपा एमालेका १० जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सूची अझै केन्द्रीय कार्यालयमा आइपुगेको छैन । १० मंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा ...
-
काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा गर्वुजा निर्विरोध चयन
म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ निर्विरोध निर्वाचित हुनुभएको छ । बुधवारदेखि बेनीमा सुरु भएको ७ औँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ल...
-
ओलीको टिप्पणी : कांग्रेस प्रचण्डपथमा लागिसक्यो
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी पहिलेजस्तो नरहेको टिप्पणी गर्नुभएको छ ।अहिलेको कांग्रेस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जे भन्यो त्यही मान्ने भइसकेको ओलीले टिप्पणी गर्नुभयो ।बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ...
-
फोहोर प्रशोधन केन्द्र बनाउने २१ वर्षको योजना अलपत्र
बुटवल । बुटवल उपमहानगरपालिकामा दैनिक ६० टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७० प्रतिशत फोहोर कुहिने छ भने ३० प्रतिशत नकुहिने अर्थात् प्रशोधन हुने खालको छ । तर, पश्चिम क्षेत्रको मुख्य बजार बुटवलमा अहिलेसम्म फोहोर प्रशोधन केन्द्र छैन । २१ वर्षअघि २०५६ मा बुटवल उपमहानगरपालिकाले अगाडि सारेको फोहोर प्रशोधन केन्द्रको योजना अ...
-
नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अङ्कले बढ्दै ५२५.४४...
-
राहदानी विभागले सार्वजनिक गर्यो इ–पासपोर्ट, घण्टामा एक हजार उत्पादन गर्ने
काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ–पासपोर्ट दिइएको हो। बुधबार विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्। जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउ...
-
वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय हालचालमा छड्के अनुगमन गर्नुभएको छ । छड्केमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च पदाधिकारीको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको हो । कार्यालयले छिटो छरितो काम नगरेको भन्दै जनगुनासो आउन थालेपछि मन्त्री श्रेष्ठले छड्के अ...
-
राजश्व प्रणालीमा सुधारको प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।१०औँ राष्ट्रिय कर दिवसको बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाँले कर विवादको अवस्था...














