काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मध...
समाचार
-
-
नेपाली कांग्रेसको पदाधिकारी आज बस्ने भनिएको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबार...
-
बाबा ग्यास उद्योगमा कयर खोला पस्यो
चितवन । खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् । उहाँले भन्नुभयो, ‘यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् । बाढीले उद्योगको स...
-
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
पाँचथर । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्य...
-
प्रहरीद्वारा कमला नदीको टापुमा फसेका तीन जनाको सकुशल उद्धार
धनुषा । अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको बहाव बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फ...
-
राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रियसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । ‘असारको २० वा २१ गते हुन सक्छ’ उहाँले भन्नुभयो । राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बिहीबारको कार्य...
-
सांसद केसीलाई पितृशोक
म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीलाई पितृशोक परेको छ । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित साँसद केसीका बुबा खिमबहादुर केसीको विहिवार विहान आफ्नै निवासमा निधन भएको हो । बेनी नगरपालिका–८ निवासी ६४ बर्षिय केसीका दुई छोरा र श्रीमती हुनुहुन्छ । केसीका जेठा छोरा मदनको जनयुद्धको क्रममा निध...
-
बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल
वीरगञ्ज । बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। सरकार-सरकारबीच (जिटुजी)मार्फत् रासयनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो। जिटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार म...
-
अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा
पर्सा । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक...
-
बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्दै
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि गत असार १ गते संसद्मा प्रस्तुत गरेको बजेट माथि छलफलका लागि प्रदेश सभा बैठक...






















