• नोबेल मेडिकल कलेजका विद्यार्थी आज पनि प्रदर्शनमा

    मोरङ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (...

  • एमालेको प्रदेश अधिवेशन सर्‍यो

    काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताउनुभयो । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि स...

  • कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आह्वान

    कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक ...

  • वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन दबाब

    वीरगञ्ज । प्रदेश नम्बर २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रुपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाब दिन ज्ञापनपत्र बुझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो । वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आएका लोक...

  • राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छः आचार्य

    एजेन्सी । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताउनुभएको छ । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उहाँले त्यसलाई अत्यन्...

  • त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द

    काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा...

  • आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

    काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ। विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामा लगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो। विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत...

  • पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहान ११ बजे सिंहदरबारको पश्चिम गेट भद्रकालीस्थित शालिकमा माल्यार्पण गर्नुभएको हो । माल्यार्पण समारोहमा राष्ट्रपति भण्डारीका साथै नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता थ...

  • आजदेखि बाँकेमा नरभक्षी बाघको खोजी सुरू

    दाङ । चितवनबाट प्राबिधिक टोली आइपगेपछि मंगलबारबाट बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास सुरू भएको छ । प्राविधिक टोलीले जंगलमा गएर सबैभन्दा पहिले बाघ रहेको स्थानको पहिचान गर्नेछ। राप्ती गाउँपालिका वडा नं. ४ अन्तर्गतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा सुरूमा बाघको खोजी तथा पहिचा...

  • लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु

    लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाका...