• गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा ९२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीहरु अहिले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका गण्डकी प्रदेशको कोरोना फोकल पर्सन डा.राम बहादुर केसीले जानकारी दिए । प्रदेशमा रहेको कोरोना संक्रमितमध्ये १० जना संक्रमणमुक्त भएको उनले बताए । प्रदेशका जिल्लाहरु मुस्ताङ र ...

  • अपडेट : राजधानीको नयाँ बजारमा ग्यास विस्फोट, ११ घाइते

    काठमाडौं । राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए । नीलकुमारीको ससुरा केही दिन...

  • आईसीयू अभावमा अर्घाखाँचीका एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । अर्घाखाँचीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै ...

  • ग्याँस सिलिण्डर विष्फोट हुदा ४ जना घाइते

    काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । अन...

  • धनकुटामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गरेपछि एक पुरुषको मृत्यु

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका वडा नं १ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो। लिलबहादुरल...

  • ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

    काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्। जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो। ज...

  • बीपी कोइराला प्रतिष्ठानमा थप चार जना संक्रमितको मृत्यु

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् । सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक...

  • कोशी अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

    मोरङ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका...

  • मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि

    झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए । उनको घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका...

  • सुर्नया गाउँपालिकाको केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ जना घाइते

    बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन...