• सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

    काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ। सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो।खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड...

  • ओमिक्रोनका कारण आगामी केही साता धेरै देशका लागि चुनौतीपूर्ण हुने देखिन्छ : डा. टेड्रोस

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता गर्न नहुने दोहोर्‍याउनुभएको छ । नियमित प्रेस ब्रिफिङमा बोल्दै उहाँले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको ...

  • प्रहरी टोलीमाथि आक्रमण गर्ने पाँच जना पक्राउ

    जनकपुरधाम । धनुषा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् । बटेश्वर गाउँपालिका–४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपा...

  • अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाखको मृत्यु हुने प्रक्षेपण

    एजेन्सी । अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो ।कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको...

  • वडाअध्यक्षमाथि ढुंगा प्रहार, आक्रमणकारीको खोजी गरिँदै

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर...

  • कोभिड तत्काल अन्त्य हुने संकेत देखिँदैन : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालि...

  • श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी जेलवाङबाट खटिएको प्रह...

  • काँग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

    काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाउनुभएको छ । उहाँले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ ...

  • प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

    जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते हुनुभएको छ । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल हुनुहुन्छ । टाउकोमा चोट लागे...

  • रहेनन् विश्वका सबैभन्दा ज्येष्ठ व्यक्ति

    एजेन्सी । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उहाँको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । उहाँ ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित हुनुभएको थियो । अर्को महिना उहाँले आफ्नो ११३ औँ जन्म दिन मनाउने योजनामा ...