काठमाडौं । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति ...
घटना
-
-
बागलुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु
बागलुङ । बागलुङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः३५ बजेको समयमा जिल्लाको काठेखोला गाउँपालिका—७ रेश बस्ने देवराज कार्कीको छोरी २० वर्षीया मनकुमारी कार्की घाँस काटेर फर्किने क्रममा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले...
-
दिल्लीमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै नेपाली दिदी-भाइको मृत्युु
धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर ...
-
गोरु काटेको अभियोगमा छ जना पक्राउ
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँ...
-
बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–३ बासुदेवमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का ४१ वर्षीय लालबहादुर चौ...
-
धनुषाको एक विद्यालयको ३२ वटा कम्प्युटर चोरी
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ। जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ। विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ज...
-
बागमती नदीमा हाम फालेकी महिलाको उद्धार
जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला...
-
बैतडीमा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु
बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । च...
-
धनुषामा रडले कुटपिट गरी लुटपाट
जनकपुरधाम । धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५र६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ। विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर...
-
सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा सोमबार राति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसा...












