काठमाडौं । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो । चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको...
घटना
-
-
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते
काठमाडौं । सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रीको मृत्यु भएको हो।मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह छिन्। बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ जाँदै गर...
-
सप्तरीमा एक पुरूष मृतावस्थामा फेला
काठमाडौं । सप्तरीमा एक पुरूष मृत फेला परेका छन्। बुधबार बिहान पौने ७ बजे खडक नगरपालिका वडा नम्बर ३ गरुराहा बस्ने ३० वर्षीय श्यामसुन्दर राम मृत फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। उनी कुलोमा घोप्टो परेको अवस्थामा भेटिएका थिए। खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। काफ्लेका अनुसार ...
-
डोटीमा भाइरल ज्वरोका बिरामी बढे
डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोक...
-
दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र
काठमाडौँ । माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो । बुधबार राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले भन्नुभयो...
-
बागलुङ गलकोटको एक पसलमा आगलागी
बागलुङ । जिल्लाको गलकोट नगरपालिका—६ मा आगलागी भएको छ । गयराती एक तरकारी पसलमा आगो लागी भएको बताईएको छ । गलकोट नगरपालिका—६ नौबिसेचोकमा रहेको राजु गैरेको घरको भुइँतलामा रहेको पसलमा गयराती करिब १२ बजेको समयमा आगो लाग्दा तरकारी पसल पूर्ण रुपमा क्षति भएको छ । पूर्णबहादुर तामाङले सञ्चालन गर्दै आएको तरकारी पसलमा आगो लागेपछ...
-
पहिरोका कारण गोरखाको चुमनुब्रीमा झोलुंगे पुल चुँडियो
गोरखा । पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुंगे पुल चुँडिएको छ। मंगलवार रातीको पहिरोले लोक्पास्थित डुयु खोला पुल भत्काउँदा पुल चुँडिएको स्थानीयले बताएका छन्। स्थानीय सरोज लामाका अनुसार पुल चुँडिएपछि चुम्चेत र छेकम्पार आउजाउमा समस्या भएको छ । ‘मंगलवार बिहानसम्म मानिस वारपार गरिरहेका थिए’, उहाँले भन्न...
-
कालिकोटमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर नष्ट
कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानक...
-
कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृतावस्थामा फेला
धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पान...
-
चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ
सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।प्रकाउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...













