सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्। गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको भनाइ छ। सबैलाई स्वास्थ्य चौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्म...
घटना
-
-
न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु
अमेरिका । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो । ५ बर्ष अगाडी मात्र अमेरिका गएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा सम...
-
हिम चितुवाको आक्रमणबाट १७ घोडा र खच्चड मरे
गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो । “चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाल...
-
कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते
धनगढी । कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना बच...
-
सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
काठमाडौं । सप्तरीमा एक जना बालकको पोखरी डुबेर मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा ११ बजे रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुर टवल बस्ने ६ वर्षीय युवराजकुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको हो। घर छेउ रहेको मुखिलाल यादवको माछा पोखरीमा बच्चाहरूसँग खेल्ने क्रममा बालक डुबेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले...
-
धनुषामा प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत फेला
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवा मृत फेला परेका छन्। शुक्रबार बिहान करिब साढे ४ बजे हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो। उनका अनुसार पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घराय...
-
महाकाली तर्ने क्रममा तुइनबाट खसेर एकजना बेपत्ता
दार्चुला । व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्। महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले दाबी छ। ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे...
-
चिया उद्योगमा आगलागी हुँदा तीन करोडको क्षति
इलाम । इलामको सूर्योदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ। सिद्धिखोलानजिकै रहेको उद्योगमा राति सवा १ बजेतिर आगलागी भएको फिक्कल प्रहरीले जनाएको छ। दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रूपमा नष्ट...
-
कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता
बागलुङ । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । ...
-
महोत्तरीमा ५ बर्षीय बालकको शव फेला, बाबुआमा पक्राउ
जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला ...













