• बन्दै गरेको सडकको नालीमा परेर गैंडाको मृत्यु

    चितवन । चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ। जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङ भन्ने ठाउँमा नालीमा परेको भाले गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ।खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्त...

  • कोरोना खोप लगाएको आधा घण्टामै मृत्यु

    कैलाली । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित ...

  • निस्सासिएर ३ महिने शिशुको मृत्यु, आमा-बुवा बेहोस

    भक्तपुर । भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताउनुभयो।रामेछाप मन्थली नगरपाल...

  • राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

    एजेन्सी । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ। कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरब...

  • सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

    एजेन्सी । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको तालिवानी अधिकारीहरुले जानकारी दिए ।भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको प्रारम्भिक छानविनपछि पत्ता लागेको छ ।...

  • पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

    काठमाडौँ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा...

  • घानामा विस्फोट : कैयौं घर ध्वस्त, १७ शव भेटिए

    काठमाडौं । घानाको यपिएट शहरमा भयंकर विस्फोट भएको छ । विस्फोटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक व...

  • आगो तापेर बसिरहेका ट्रक चालकको कान काटिदिएपछि…

    काठमाडौँ । हतियारधारी व्यक्तिले मोरङमा एक जना ट्रक चालकको कान काटिदिएका छन् । सुन्दरहरैंचा–१२ विराटचोकमा बुधबार राति ट्रक चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो। दुई जनाको समूहले खाना खाएर आगो तापिरहेका बेला उनको कान काटिदिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो। उर्लाबारी नगरपालिका–७ घर...

  • पत्रकार विश्वकर्माको निधन

    काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड व...

  • जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु

    सर्लाही । सर्लाहीको जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा तापेको आगो एक्कासी सल्किएको थियो । आगोले शरीर...