• ट्याटु खोपाउन लाइनमा बसेका युवकको मृत्यु

    काठमाडौँ । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताउनुभयो । पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका ख...

  • धादिङमा पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता

    काठमाडौं । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरि...

  • मिलमा सल बेरिएर महिलाको मृत्यु

    अछाम। चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो। धान कुट्ने क्रममा सल बेरिएको हो। मृतक बोहराको शरीर दुई भाग भ...

  • चमेराका कारण फैलिएको रोगले अमेरिकामा ५ जनाको मृत्यु

    एजेन्सी। अमेरिकामा चमेराका कारण ५ जनाको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन ...

  • पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

    विराटनगर । उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ ...

  • तरकारी बोकेको भ्यान दुर्घटना : एकको मृत्यु, दुई घाइते

    काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कु...

  • अफगानिस्तान पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

    एजेन्सी । अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । चारको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री ...

  • सोमालियाली सेनाको कारबाहीमा २१ अल–शबाब लडाकको मृत्यु

    एजेन्सी । सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् । एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित च...

  • न्यू योर्क आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ को मृत्यु

    एजेन्सी । अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ। न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताउनुभयो।डेमोक्र्याट स...

  • बस दुर्घटना हुँदा एक शिशुको मृत्यु, ९ घाइते

    दाङ । दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहर...