• दसैँको अवधिमा दुर्घटनाबाट देशभर १६१ जनाको मृत्यु

    काठमाडौँ । दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै ...

  • महाकाली नदीको बाढीले खतराको सतह नाघ्यो, पहुँच मार्ग भत्कायो

    कञ्चनपुर । महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो । बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पस...

  • पहिरोको कारण खोड्पेका सात घर उच्च जोखिममा

    बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन् । मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्णसिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको जोखिममा परेका हुन् । खोड्पे बजार क्षेत्रको पश्चिमपट्टी गएको पहिरोले घरहरू जोखिममा परेको प्रहरी चौकी खोड...

  • महाकालीको बाढीमा फसेका पाँचजना रुखमा, उद्धारको आग्रह

    कञ्चनपुर। भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्। सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फस...

  • सुदूरपश्चिममा मौसम खराब, उद्धारका लागि आएको हेलिकप्टर विमानस्थलमै

    धनगढी । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न आएको हेलिकप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ। खराब मौसमका कारण कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन। अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिका...

  • सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु, २ घाइते

    धनगढी । सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ। यस्...

  • सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ

    धनगढी । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिनुभयो । ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँद...

  • ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो ।...

  • डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, दुई घाइते

    धनगढी । डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले पहिरोमा पुरिएर अवस्थीको सोमबार र...

  • बाढीका बीच कञ्चनपुरको महाकाली टापुमा पाँच जना फसे

    कैलाली । आइतबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् । भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेका हुन् । खहरे खोला र महाकाली नदीको बीच बनेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरी...