• सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु

    काठमाडौँ । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। ...

  • स्थानीय चुनावमा कांग्रेस र माओवादी बीचमा गठबन्धन थियो, अरूको होइन : खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भने पनि कांग्रेस(माओवादीको मात्रै गठबन्धन रहेको बताउनुभएको छ । खनालले कांग्रेस-माओवादीले नै धेरै गठबन्धन गरेको बताउनुभयो । 'हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन। धेरै ठाउँमा कांग्रेस र माओवादीको म...

  • खुमलटार पुगेर गृहमन्त्री र कानुन मन्त्रीले भेटे प्रचण्डलाई

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ । आज बिहान खुमलटार पुगेर उनीहरूले प्रचण्डलाई भेट्नुभएको हो। समसामयिक राजनीतिबारे भेटवार्ता केन्द्रित थियो । सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे पनि भेट...

  • सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले

    धनगढी । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ । कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराउनुभएको हो। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाउनुभयो । उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले एमालेकी करूणाद...

  • विराटनगर १२ को मतगणना पुनः सुरु

    विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले प...

  • तालमेलले निर्वाचन परिणाम उत्साहजनक : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताउनुभएको छ। परिणाम उत्साहजनक आउनुलाई उहाँले निर्वाचनमा गठबन्धन दलहरूबीच भएको तालमेल सफल हुनु रहेको बताउनुभयो । निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्‍चित भएको बेला महामन्त...

  • अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम नतिजा अनुसार पुनले चार हजार ५८ मत पाउनुभएको छ भने निकटतम प्रतिद्वन...

  • अन्नपूर्ण गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका राजेश तिलिजा विजयी 

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका राजेश तिलिजा विजयी हुनुभएको छ । बुधबार सम्पन्न मत गणनाको  अन्तिम मत परिणाम अनुसार तिलिजा वडा अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा निर्वाचित तिलिजाले ७०६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन...

  • मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

    म्याग्दी ।म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई आज (बुधवार) शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया गई फर्किएका नेपालको निर्माण क्षेत्रका मजदुरहरुको व्यवस्थापनमा सामग्री सहयोग गरिएको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट...

  • अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी

    पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । म्याग्दीको अन्...