• संस्कृतिको जगेर्ना गर्न बेनीमा ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’

    बेनी ।म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता ...

  • झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो

    बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी–७, धारापानी र मालिका–७, खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परि...

  • मृगौला रोगी पुनलाई निस्कोट समाज अमेरिकाद्धारा एक लाख सहयोग

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित बाँसबोटकी मृगौला रोगबाट पीडित तुलकुमारी पुनको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । निस्कोट घर भई हाल विभिन्न शिलशिलामा अमेरिकामा बसोबास गर्ने निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाले मृगौला रोगी पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त आ...

  • महभीरको रितुङमा एक घरमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित रितुङमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार साँझ ६:४० बजेको समयमा स्थानीय भीम गुरुङको दुई तले  कच्ची ( ढुङ्गा र माटोले बनेको ) घरमा आगलागी हुँदा घर भित्र रहेका सम्पूर्ण लत्ताकपडा ,मौरीको ५ घार , खाद्यान्न सामाग्री , नगद दुई लाख , आधा तोला सुन...

  • मालिकामा १६ औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित

    बेनी । म्याग्दीको मालिका गाउँपालिको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु. दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको रु. एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता...

  • नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका अध्यक्षमा पुनः अनुप गौचन

    दरबाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको तेस्रो पालिका अधिवेशन दरबाङमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट गाउँपालिका कमिटी अध्यक्षमा अनुप गौचन निर्विरोध निर्वाचित हुनुभएको छ । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र ...

  • बगानबाटै बिक्री हुन्छ सुन्तला, बजार खोज्ने झन्झट टर्‍यो

    बेनी । मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ। बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ। उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि ...

  • दरबाङ म्याग्दीखोला दुईबर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता

    दरबाङ।  पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ । शुक्रबार दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रममा आगामी बैशाख महिनाभित्र सुरूङ थ...

  • पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि किसानी माविलाई

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ...

  • मालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोफिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ प्रतिस्पर्धा हुनेछन् । तीन दिनसम्म सञ्चालन हुन...