• मालिकाको दरबाङमा आधारभूत अस्पताल संचालन

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ बजारमा दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको हो । उहाँले अस्पतालको क्षमता विकासका साथै विश...

  • देविस्थानको लेकमा दुई घरमा आगजनी

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताउनुभयो । उहाँका अनुसार ,घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक...

  • निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट घर भई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आइरहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर चयन हुनुभएको छ । आगामी वर्ष २०२३–२०२५ सम्मको लागि पुन अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष पुन यस अघि पनि सामाजिक काममा सक्रिय हुनुहन्...

  • सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...

  • मालिकाको सार्वजनिक सुनुवाई ,गत आवको प्रगति प्रतिवेदन सार्वजनिक (तस्बिरहरु)

    दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।गत वर्ष ५८ करोड १८ लाख ४४ हजार ६७७ रुपैयाँ बिनियोजन भएकोमा ४१ ...

  • कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंबाट पक्राउ

    बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर...

  • हक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

    दरबाङ । करेन्ट लागेर म्याग्दीको मालिका गाउँपालिका–५,रुन्मा स्थित हक्लाङडाडामा एक जनाको ज्यान गएको छ । सोमबार बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ ,का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाक...

  • छिपछिपेमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासी हर्षित (फोटोफिचर)

    दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबाेट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त पुलको  बुधवार उद्घाटन गरिएको हो । झोलुङ्...

  • रुममा निशूल्क दन्त शिविर

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–२, रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ ।लायन्स क्लव अफ म्याग्दी दरबाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको क्लवका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । निशूल्क औषधी, ब्रस वितरण गर्नुका साथ दाँत ...

  • मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो...