विराटनगर । हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ। मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो। मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो। स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास्केको वैशा...
राष्ट्रिय
-
-
कर्णाली अस्पतालमा पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्याङबाट खसेर घाँटीको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया भएको हो। हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत...
-
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
नुवाकोट । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनास...
-
आयरल्यान्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । आयरल्यान्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभ...
-
गाईघाट बजार क्षेत्रमा विषादीयुक्त आँप बिक्री
उदयपुर । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका...
-
कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौ’ कार्यक्रम विशेष अभियानका रुपमा सञ्चालन गर्ने
.वासुदेव पौडेल गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले “खाना नफालौं” कार्यक्रम विशेष अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८– ७९ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहमा उत्पादित खाद्यान्नहरू सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न स्थानीयवासीलाई सचेतनाका साथ उत्पादन, उत्प...
-
‘दीपक मनाङे’को अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा
काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ ‘दपिक मनाङे’ले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जबाफ मागेको छ । मन्त्री गुरुङले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक माथाना...
-
दाङमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
दाङ । दाङमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । घोराही - तुलसीपुर सडक खण्डअन्तर्गत कपासिबगियामा ट्र्याक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको ज्यान गएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालक प्रहरीले नियन्त्रण...
-
सिरिजङ्गा गाउँपालिकाले एमबिबिस निःशुल्क पढाउने
फुङलिङ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर...
-
बनेपामा आमा-छोरा मृतावस्थामा फेला
काठमाडौं । काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो। पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीया मन...






















