काठमाडौं,विहिबार जेठ ०१ गते । विहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र कपिलबस्तुमा दुई जनामा तथा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँग...
राष्ट्रिय
-
-
Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...
-
थप दुई जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या २१९ पुग्यो
काठमाडौं ,बुधबार बैशाख ३१ गते ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष...
-
तीन दिनदेखी मोवाइल र इन्टरनेट अवरुद्ध
मुना, बुधबार वैशाख ३१ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा तीन दिन देखी मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो । टावरमा क्षति पुग...
-
थप २६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ३० गते । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् । योसंगै आजसम्म देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका हुन् । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि मंगलबार बिहान ५...
-
लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा श्रेष्ठ
बेनी ,मंगलबार बैशाख ३० गते । लायन्स क्लब अफ बेनी ,म्याग्दीको अध्यक्षमा समाजसेवी तथा युवा व्यवसायी सुमन श्रेष्ठ चयन हुुनुभएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको मंगलबार बेनीमा भएको १३ औ अधिवेशनबाट श्रेष्ठ सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन हुनुभएकाे हाे । अध्...
-
विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी
काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...
-
सीमारक्षक सिपाही भत्किएका झुप्रोमा,सीमा सुरक्षा गर्न भारतकै बाटो
दाङ ,मंगलबार बैशाख ३० गते । भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् । बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहर...
-
कोरोनाबाट बेलायतमा ६० नेपालीको मृत्यु
लण्डन,सोमबार बैशाख २९ गते । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । स...
-
थप १३ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं,सोमबार बैशाख २९ गते । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ । त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृति...