विश्वभर २ करोड ४० लाख कोरोना संक्रमित,८ लाख २३ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।रातोपाटी/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार