काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न ...
राष्ट्रिय
-
-
उम्मेदवारी फिर्ता गराउन डर, धम्की र प्रलोभन नदेऊ : आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको उल्लेख गर्नुभएको छ । स्था...
-
स्वतन्त्र उम्मेदवारी दिएका तुलसीपुरका पाण्डेले फिर्ता लिए उम्मेदवारी
दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको छ । पाण्डेले शुक्रबार उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थन गर्नुभएको हो । उहाँले सत्तागठबन्धनका साझा उम्मेदवार गिरीलाई विजयी गराउन अपिलसम...
-
सत्तारुढ दलहरूको गठबन्धन निर्वाचनको मजाक : महतो
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गर्नुभएको छ । नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप समेत लगाउनुभयो । शुक्रबार काठमाडौंमा पार्टीको स्...
-
पूर्वमन्त्री आलमको रिट आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी...
-
कांग्रेस त्यागेर तुलसीपुरका खत्री, खड्का र पौडेल एमालेमा प्रवेश
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं.९ नेताहरू बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। शुक्रबार उनीहरूरु एमाले महासचिव शंकर पोखरेलको हातबाट एमालेको पार्टी सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन्। खत्री कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्री...
-
शुक्रबार पनि सेयर बजार खुलाउने तयारी
काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खु...
-
आशा छ भरतपुरमा बागी उम्मेदवारले विवेकसम्मत निर्णय गर्नुहुनेछ : गृहमन्त्री खाण
चितवन । भरतपुरमा बागी उम्मेदवारलाई 'फकाउन' नसकेपछि कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ फर्किनुभएको छ । भरतपुर मेयरका बागी उम्मेदवार जगन्नाथ पौडललाई फकाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री खाण र श्रेष्ठ बुधबार (वैशाख १४) ...
-
हेटौंडाको पोल्ट्री फर्ममा बर्डफ्लु, ३ हजार ४५३ वटा कुखुरा नष्ट
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा...
-
हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी, ५ जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ । सफाइ कर्मचारीको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद गरिएको विमानस्थलका ...






















