काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा नौटंकी आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बाँनियाले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताउनुभयो ।ुएमालेले महानगरपालिका...
राजनिति
-
-
देउवाले शनिबार बुटवलमा चुनावी सभालाई सम्बोधन गर्ने
रुपन्देही । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल जाने हुनुभएको छ । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लाग्नुभएको नेपाली काँग्रेस रुपन्देही क्षे...
-
राप्रपाका केन्द्रीय सदस्य अधिकारीले त्यागे पार्टी
काठमाडौँ । हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो । उहाँले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । ...
-
भक्तपुरमा चुनाव प्रचार सामग्री हटाईंदै
भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ । विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई ...
-
ओलीलाई भोट माग्ने नैतिक आधार छैन : थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्ने आधारसमेत नरहेको बताउनुभएको छ । ओलीले सरकार सञ्चालन गर्न नसकेर समय खेर फालेको पनि उहाँले बताउनुभयो । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भोट माग्नु...
-
अब एमालेको झुटको खेती टिक्दैन : महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाउनुभएको छ । ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झ...
-
सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार छैन : थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताउनुभएको छ । पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उहाँले बताउनुभयो ।प्रजातान्त्रिक विचार समाजले ...
-
पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई कांग्रेसले तत्काल निलम्बन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ। पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ...
-
सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरजसिंह ठ...
-
बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।कांग्रेसले बागी, प्रस्ताव...
























