कांग्रेस म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी,मंगलबार असार ०२ गते ।
नेपाली कांग्रेस ,म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो ।

उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टाइनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पीसीआर सेवा बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका लागि सरकारले प्रतिव्यक्ति बीमा गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउनु अघि संविधानसभा सदस्य रेशम बहादुर बानियाँ ,उपसभापति माद्यवप्रसाद रेग्मी ,सचिव क्याप्टेन लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहररुको टोली सरकारविरुद्ध नारा लगाउँदै प्लेकाड सहित पार्टी कार्यालय संगमचोकबाट जिल्ला प्रशासन सम्म पुगेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार