संविधान दिवसको अवसरमा मंगलामा बक्तृत्वकला प्रतियोगिता

बेनी,विहिबार असोज २ गते ।
संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजनामा विहिबार सम्पन्न ‘शिक्षा बालबालिकाको संवैधानिक अधिका ,गुणस्तरिय शिक्षा हामी सबैको अधिकार’ विषयक अन्तर मावि बक्तृत्व कला प्रतियोगितामा मंगला माविकी अनुषा सापकोटा प्रथम हुनुभएको छ ।

गाउँपालिका भित्र रहेका ७ विद्यालयका १३ विद्यालयको उपस्थिती रहेको सिजन रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनजागृती मावि पुर्णगाउँकी सुदिना केसी द्धृतिय ,शिद्धशान्ती मावि हिदिकी सुस्मीता पुर्जा तृतिय र राष्ट्रिय जनजागृती माविका प्रविण खत्रिले सान्त्वना हासिल गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम ,द्धतिय ,तृतिय र सान्त्वना प्रतियोगिलाई नगद ,स्टेशनरी सामाग्रि र प्रामाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले संविधान दिवसको अवसरमा गाउँवासीलाई शुभकामना दिनुभयो ।

नेपाली जनाताको लामो समयको संघर्ष ,त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई सबैले जोगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतम , मंगला शिक्षा क्याम्पसका प्रमुख प्रितम बहादुर खत्री,मंगला माविका प्रअ गमबहादुर खत्री लगायत मंगला गाउपालिका शिक्षक महासंघका सभापतिको उपस्थिती रहेको थियो । गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता ,हुमनाथ पाण्डेको स्वागत र कार्यकारी सचिव राजेन्द्र आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार