निसिखोला नजिकै गाडी दुर्घटना हुँदा छ जना घाइते

बागलुङ,विहिबार पौष १७ गते ।
बागलुङ जिल्ला र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी आएको छ ।

file photo

रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको गाडी निसीखोलाको पातिहाल्ने नजिकै ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुको नाम ठेगाना खुल्न सकेको छैन । उनीहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि अहिले उपचारका लागि बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइदैछ । दुर्घटनामा परेकाहरु जाडोयामको कपडा बेच्न आएका व्यापारीहरु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार