भिडन्तमा मारिएका गोर्खाका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि

गोरखा ,शुक्रबार पौष १८ गते ।
भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै बागडोगरा क्याम्पमा पुगेका थिए।

बागडोगराको व्याङडुब्बी सैनिक टुकडीले करिव ५ सय मिटर शवयात्रा गरेको थियो। शवयात्रापछि भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जेनेरल अरुणकुमार गुप्ताले मगरको शवमा माल्यार्पण गरेका थिए। मेजर जेनेरल गुप्ताले मगरको शवमा ओडाइएको भारतको राष्ट्रिय झण्डा अर्जुनका बुवा प्रेमबहादुर र श्रीमती सरितालाई हस्तान्तरण गरेका थिए।

७० वर्षीय प्रेमबहादुरले छोराको शवमा दागबत्ती दिएका थिए। सैनिकले मगरको सम्मानमा सलामी पनि दिएका थियो। गत बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको थियो। daraundi

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार