
बेनी शुक्रबार पौष २७ गते ।
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक सधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर्नबाट कोही पनि नागरिक छुट्नुनपर्ने बताउनुभयो । उहाँले बेनी बजारमा हुने पानीको चुहावट रोक्न संस्थाले नियमित अनुगमण गर्न आवश्यक रहेको बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले स्वच्छ खानेपानी आपुर्तिमा संस्था सफल भएको बताउँदै पाइप फुटेर चुहावट हुने समस्या रोक्न संस्था बलियो रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिंदै नगरपालिकाले आवश्यक सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्रक्मार श्रेष्ठले खानेपानी चोरी तथा चुहावट रोक्नलाई संस्थाले नियमित अनुगमन तथा मर्मत सम्भार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले विभिन्न चुनौति बावजुद पनि स्वस्थ खानेपानी आपुर्ति गर्न संस्था सफल भएको बताउनुभयो ।
उहाँले बजारमा खानेपानीको समस्या नरहेको बताउँदै पाइप फुटेर हुने चुहावट तथा अन्य समस्या देखीएमा संस्थाको कार्यालयमा सम्पर्क गरि सहयोग गर्न आग्रह गर्नृुभयो ।
बेनी –जोमसोम सडक खण्ड अन्तर्गतमा सडक निर्माण हुँदा पाइप फुटेर खानेपानी आपुर्तिमा बढी समस्या हुने गरेको बताउनुभयो ।

पानी चुहावट नियन्त्रण तथा उपभोक्ताहरुलाई सरल सहज रुपमा सेवा प्रदान गर्न संस्थाले स्मार्ट वाटर ग्रिड सिस्टम लागु गर्न लागिएको उहाँले बताउनुभयो । कोरियाको सहयोगमा बन्ने सो परियोजनाको सिस्टम नेपालमा नै पहिलो नयाँ प्रविधिको प्रयोग हुने बताउनुभयो ।
बेनी खानेपानी तथा सरसफाई संस्था विच दुई पक्षिय सम्झौता भई विभिन्न कार्यक्रमहरु अगाडी बढेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा सचिव रमेश गिरिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कोषाध्यक्ष टंक बहादुर हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रवन्धक चन्द्र बहादुर थापालाई सम्मान गरिएको थियो ।

