कवडी खेल छात्र ः किसानी र जनप्रिय , छात्राः सिद्धार्थ र जनप्रिय मावि फाइनल प्रवेश

दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र कवडि खेल अन्तर्गत किसानी मावि विम र जनप्रिय मावि दरबाङ फाइनल प्रवेश गरेका छन् भने छात्रा तर्फ सिद्धार्थ मावि च्युरिबोट र जनप्रिय मावि दरबाङ फाइनल प्रवेश गरेका छन् ।


शनिबार भएको सेमिफाइनल खेलमा छात्र तर्फ जनप्रिय मावि दरबाङले भिम मावि राजदाङ र किसानी मावि विमले दरबाङ ईङ्गलिस बोर्डिङ स्कुललाई पराजित गरि फाइनलको यात्रा तय गरेका हुन् भने छात्रा तर्फ सिद्धार्थ मावि च्युरिबोटले केवि एकेडेमी बोर्डिङ स्कुल दरबाङ्गलाई र जनप्रिय माविले निस्कोट मावि निस्कोटलाई पराजित गरि फाइनल प्रवेश गर्न सफल भएका हुन् ।

यसैगरि शनिबार तृतिय स्थानका लागि भएको खेलमा छात्र तर्फ दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तथा छात्रा तर्फ केवि एकेडेमी दरबाङ विजय भएको कवडि खेलको रेफ्रि संयोजक राजकुमार परियारले जानकारी दिनुभएको छ । फाइनल खेल आइतबार हुने आयोजकले जानकारी दिएको छ ।खेलमा छात्र तर्फ आठ र छात्रा तर्फ आठ विद्यालयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार