काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता म्याग्दी आउँदै

म्याग्दी, आइतबार पाmगुन १९ गते ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु म्याग्दी आउनुहुने भएको छ । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहि फागुन २५ गते म्याग्दी आउने आउनुहुने भएको हो ।

जिल्ला कार्यसमिति म्याग्दीमा निर्माण भएको कार्यालय ‘वि.पी. स्मृति भवन’को उद्घाटनका लागि सभापती देउवा सहित शिर्ष नेता म्याग्दी आउने कार्यक्रम तय भएको काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको शिर्ष नेताहरु म्याग्दी आउनु म्याग्दीको लागी राम्रो अवसर भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री सहित प्रभावशाली नेताहरु म्याग्दी ल्याउनका लागी केही समय देखी हामीले तयारी गरेका थियौँ उहाँहरु तिनै जनाको अहिले समय मिलेकाले तिनै जना एकै पटक म्याग्दीमा आउन लाग्नु भएको सभापति गर्बुजाको भनाई छ ।

फागुन २५ गते हुने बिशाल आम सभा तथा नेपाली काँग्रेसको कार्यालय उद्घाटन कार्यक्रमको प्रचारप्रसार तिब्र बनाईएको जिल्ला कार्यसमितिका सह–सचिव, युवा नेता तथा २५ गते हुने कार्यक्रमको प्रचार प्रसार संमयोजक भरत बहादुर रकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचार प्रसार गर्नका लागी बिभिन्न ठाउँमा प्रचार पम्मप्लेटहरु राखीएको र सम्पूर्ण काँग्रेसका भातृ संस्थाहरुलाई समेत खबर गर्न आह्वान गरिएको छ ।


नेपाली काँग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि करिब दुई बर्षमा भवन निमार्ण गरेको थियो । भवन निमार्णका लागी २९ लाख ५९ हजार ४२५ रुपैयाँ लगानीमा भवन निमार्ण गरिएको जिल्ला कार्यसमितीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए । बाल मन्दिरमा आफ्नो कार्यालय राखेको काँग्रेसल एक बर्ष अघिबाट नवनिर्मित भवनबाटै आफ्नो सचिवालय सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार