आफन्तको स्मृतिमा विद्यालयलाई साढे दुई लाख सहयोग

बेनी शुक्रबार चैत्र २९ गते । यहाँका एक दम्पत्तिले स्वर्गिय आफन्तकोृ स्मृतिमा दुर्गम विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।


बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापा मगरले म्याग्दीको मालिका गाउँपालिका -३ औलाखर्कमा रहेको गोरक्ष आधारभुत विद्यालयमा साढे दुई लाख रुपैयाँको अक्षकोष स्थापना गर्नुभएको छ । दुर्गम विद्यालयका गरिब, जेहेन्दार विद्यार्थीको लागि छात्रवृति स्थापना गर्न सोमबार दुई लाख ५१ हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो ।


दिवंगत बुवा स्वर्गीय समबहादुर रोकाको स्मृतिमा सहयोग गर्नुभएको विद्यालयका प्रअ हेम बुढा मगरले जानकारी दिनुभयो । थापा मगर दम्पतिले गर्नुभएको सहयोग रकम अक्षयकोष स्थापना गरेर गरिब विपन्न विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने प्रअ प्रअ बुढा मगरले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार