बर्ड फ्लुबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु

काठमाडौँ ,विहिबार बैशाख १९ गते ।

कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु ९एच फाइभ एन वान० बाट ज्यान गएको हो ।

गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श्वासप्रश्वासमा समस्या देखिएर गएको चैत १५ गते नै ज्यान गएको थियो।

बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लु भएको भन्ने पुष्टि भएको हो।

नेपालमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। मृतकको नाम भने खुलाइएको छैन। कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार