शान्तिकोषद्धारा मृगौला रोगि पटेल र सुवेदीलाई आर्थिक सहयोग

बेनी ,आइतबार भदौ १ गते ।
म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहादुर बचाउ अभियानका संयोजक एवं संस्थाका सदस्य डक बहादुर रोकाले मृगौला रोगि पटेलकी नन्द बहिनी जमुना विकलाई हस्तान्तरण गर्नुभएको हो ।


आमाको मृगौला दानबाट पटेलको मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा दुबै मृगौला प्रत्यारोपन गरिएको परिवारले जनाएको छ । कमजोर आर्थिक अवस्था भएका पटेललाई ओमकुमारी शान्ति कोष गरिब विरामी उपचार अक्षयकोषको ब्याजबाट आषैधि उपचार खर्च स्वरुप सो आर्थिक सहयोग गरको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

यसैगरी संस्थाले बेनी नगरपालिका ५ पुलाचौरकी मृगौला रोगी निशा सुवेदीलाई २५ हजार सहयोग र्ने संस्थाका कोषाध्यक्ष खम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कोषका अध्यक्ष शाक्यले ५ हजार र संस्थाले २० हजार गरी २५ हजार रुपैयाँ सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार