![](https://myagdinews.com/wp-content/uploads/2019/08/ds-galeshower-taramandal-herna-student.jpg)
बेनी,सोमबार भदौ ९ गते ।
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारमण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए ।
![](https://myagdinews.com/wp-content/uploads/2019/08/ds-galeshower-taramandal-herna-student.jpg)
विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले खगोल शास्त्रको अम्यास, सुर्यग्रहण, ताराग्रह छुट्याउने, दिनरात कुनै समय लामो कुनै समय छोटो किन हुन्छ भन्ने बारमो विद्यार्थी र शिक्षकलाई तारामण्डल देखाएका थिए ।
पढेको कुरालाई प्रत्यक्ष देख्ने र सिकेको ज्ञानलाई विश्वासिलो दिलाउन तारामण्डल प्रर्दशन गरिएको विद्यालयका नि.प्रिन्सिपल धु्रबसागर शर्माले जानकारी दिए ।
![](https://myagdinews.com/wp-content/uploads/2019/08/taramandal3.jpg)
३६० डिग्रि डिजिटल तारामण्डलको अवलोकन प्रयोगात्मक टेलिस्कोप, टेलिस्कोप निर्माण कक्ष, रकेट विज्ञान, रात्री आकाश अवलोकन, सुर्य अवलोकन, अन्तरिक्ष विज्ञानसहितको मनोरञ्जन विद्यार्थीलाई देखाइएको थियो ।तारमण्डलको अवलाकन गरिसकेपछि कक्षा १० की छात्रा भावना थापाले सौर्यमण्डल,आकाशीय पिण्डका साथै सूर्य र अन्तरिक्ष सम्वन्धि चक्रलाई बुझ्न सहज भएको बताइन् ।