एनआरएन युकेद्धारा मुख्य मन्त्री गुरूङलाई स्वागत तथा सम्मान

फान्वोरो, लन्डन सोमबार भदौ १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई एनआरएन युकेले एक समारोहका बिच लण्डनमा स्वागत एवम सम्मान गरेको छ। नेपाली मेलामा प्रमुख अतिथी ग्रहण गर्न लण्डन आउनुभएका मुख्य मन्त्री गुरुड्गलाई फान्वोरो स्थीत गोरखा प्यालेसमा एनआरएन युकेको अध्यक्ष योग कुमार फगामी , उपाध्यक्षहरु शेर बहादुर सुनार, पुनम गुरुड्ग लगायत संरक्षकहरु डम्मर घले, सुर्य गुरुड्ग, तमुधी युके संस्थापक अध्यक्ष मीन गुरुड्ग सीकलिसे, तमुधी युके अध्यक्ष नन्दजंग गुरुड्ग, पुर्व डिएसपीहरु शीवजी श्रेष्ठ र बाचस्पति रेग्मी,सहारा युके पुर्व अध्यक्ष मीन गुरुड्ग र एन आर एन रोडसेफ्टी संयोजक थर्क सेनले खादा लगाई स्वागत गर्नु भएको थियो ।

अध्यक्ष योग कुमार फगामीले टोकन अफ लभ दियर सम्मान गर्नु भएको सो कार्यक्रममा रंजीता मल्ल, गोरखा इनफरमेसनका डाइरेक्टर पुर्ण गुरुड्ग, समाजसेवी मोहन गुरुड्ग, चार्टर एकाउन्टेट एलएन पाण्डे, बुध्द फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, यतीका महासचीव डा मुकुन्द बास्तोला, एनआरएन युके कोषाध्यछ्यका उम्मेदवार राजन खकुरेल,को उपस्थिती रहेको थियो।

सो स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुड्गले बिदेशमा रहेका नेपालीहरुको सहयोगको प्रशंसा गर्दै स्वदेशमा लगानी गरी पोखरा क्षेत्रलाई खेल पर्यटनको बिकास गर्न सहयोग गर्न आग्रह गर्नुभयो। प्रवासमा रहेका लगानी गर्न इच्छुक नेपालीहरुलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा डम्बर घले, शीवजी श्रेष्ठ, एनआरएन उपाध्यक्षहरु शेर बहादुर सुनार र पुनम गुरुड्गले आआफ्नो धारणा राख्दै शुभकामना दिनु भयको थियो।

नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला केम्पटन पार्क रेस कोर्समा भयको थियो। मेला लन्डनस्थित नेपाली राजदूतावासको सहकार्यमा तमुधिं यूकेले सम्पन्न गरेको हो । सन् २००९ देखि वर्षेनी लन्डनमा हुदै आएको मेला हो। नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउने उद्देश्यले मेला गरिएको गरिएको हो । तमुधिं युकेको आयोजनामा लण्डनमा आयोजना भयको नेपाली मेलामा भाग लिन वेलायत आउनु भएका गुरुङ आज आइतवार साँझ लण्डन स्थित हित्रो विमानस्थलबाट नेपाल फर्कन बिदाई गरीयको छ।शीतलपाटीन्युज डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार