गलेश्वरमा डेङ्गु सम्बन्धी सचेतनामुलक कार्यक्रम

बेनी,विहिबार भदौ १९ गते । बेनी नगरपालिका, ९ गलेश्वरमा बिहीबार डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।

गलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा सहकारीका पदाधीकारी, सेयर सदस्य र बजारबासीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो ।

रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद पाण्डेले अभिमुखीकरण गर्नुभएको थियो । सोही कार्यक्रममा गलेश्वर स्थित शसस्त्र प्रहरीको गुल्मका नवआगन्तुक प्रहरी नायव उपरिक्षक प्रकाशकुमार माझिलाई स्वागत गरिएको थियो ।

शुक्रबार र शनिबार डेङ्गु सार्ने लामखुट्टे बस्ने ठाउँको पहिचान, नष्ट र सरसफाई कार्यक्रम गरिने भएको छ । सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता, सचिव फुलकुमारी रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बेलबहादुर चोखाल, सहकारीका सल्लाहकार बमबहादुर पुन र स्थानीय बालकुमार लामिछानेले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

छिमेकी कास्की, बागलुङ र पर्वत जिल्लामा डेङ्गका बिरामी भेटिएपछि म्याग्दीमा सतर्कता अपनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार