अज्ञात समूहद्वारा बगुवाखोलामा राखिएका तीन ओटा स्काभेटरमा आगजनी

बेनी ,बुृधबार भदौ २६ गते । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो। बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका संचालक नारायण जिसीले जानकारी दिए। उनले निष्पक्ष छानविनको माग समेत गरेका छन्। आगलागीबाट तीनओटै जेसिभी जलेर नष्ट भएका छन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। पटकपटक अज्ञात समूहले धम्की दिने गरेको भएपनि आगलागी कसले गरेको हो भन्ने खुलेको छैन्। विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार