बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र

शिब बोहोरा
बागलुङ ,सोमबार भदौ ३० गते ।
लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।सहरी सुरक्षाका लागि वाजरमा जडित ‘सिसी क्यामेरा’ नाममा मात्र सिमीत छन् ।

बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रका छन् । ४ वटा मात्रै संचालनमा रहेको छ । २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासमा सिसी क्यामेरा जडान गरिएको थियो ।

मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रेर काम नलाग्ने भएपछि सुरक्षा चूनौति थपिएको छ । सामाजिक, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो ।

समीक्षालय चोकका २, हल्लनचोकका २, अदालत चोकको १, लोकतान्त्रिक चोकका २, धवलागिरिचोकको १, जीपपार्कका २, श्रीनगरटोलको १, शिवधाराचोकको २, लालीगुराँसचोकका २ र देउरालीचोकमा जडान गरिएको क्यामेरा बिग्रेको हो । बिग्रनेमा अधिकांश व्यस्त सडक र ठूलो आवधी भएको बागलुङ नगरपालिका–२ का मुख्य चोकका क्यामेरा छन् ।

बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युराज राज भण्डारी बताउनुभयो । मर्मतमा करीब र सात लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्योमरा नियमित संचालनको लागि सहयोग उपलब्ध नगराएको संघको गुनासो छ ।
संघकै पहलमा अघि बढेको सिसी क्यामेरा जडान कार्यमा नगरपालिकाको ३० लाख र संघको २० लाख रुपैयाँ लगानी भएको थियो । कागजातसहित मर्मतको लागि माग गर्न आएमा तत्काल रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाकै कारण क्यामेरा मर्मत र सञ्चालनमा समस्या नआउने उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार