कुँहुमा कांग्रेसको जागरण अभियान

बेनी,सोमबार भदौ ३० गते ।
नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको जनजागरण अभियान अभियान अन्तर्गत प्रदेश सभा ख को मंगला गाउँपालिका १ कुँहुमा सम्पन्न भएको छ । हिमाल,पहाड र तराई जागरण अभियान अन्तर्गत आइतबार कुँहुमा सम्पन्न कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव भरत रकालले सम्बोधन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सहसचिव रकालले वर्तमान सरकारले जनता माथि गरेका ज्यादति र गलत क्रियाकलाप विरुद्ध जनस्तरबाट खबरदारी गर्नका लागि जागरण अभियान संचालन गरको बताउनुभयो । प्रतिपक्षको रुपमा कांग्रेसले सरकारलाई साथ दिए पनि काम गर्न नसकेको बताउनुभयो ।


आफ्नो असफल कार्य ढाक छोप गर्नका लागि प्रतिपक्षलाई आरोप लगाएर जिम्मेवारीबाट पन्छिन खोजेको बताउनुभयो । वर्तमान सरकारले चुनावको समयमा जनतामाझ गरेका वाचालाई भुलेर अधिनायकबाद तर्फ उन्मुख हुन खोजेको बताउनुभयो ।

सरकारले राजतन्त्र,पञ्चायत विरुद्ध तथा गणतन्त्र प्राप्तीका लागि ठुलो योगदान दिएको स्मरण गर्नुभयो । सुशासन ,राजगार सिर्जना,ठुला आयोजना कार्यान्वयन तथा हत्या ,हिंसा र भ्रष्टाचार नियन्त्रण लगायत गम्भिर विषयमा सरकारले उदासिनता देखाएको आरोप लगाउनुभयो । साथै सरकार काण्डैकाण्डमा फसेको बताउनुभयो ।

कार्यक्रममा युवा नेता एवम् मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर,क्षेत्रिय उपसभापति मेकबहादुर पुन, कोषाध्यक्ष तेजिन्द्र थापा र सचिव हिराबहादु पुन लगायतले सरकारका ढिला सुस्ती ,गलत प्रवृती तथा ज्यादति विरुद्ध सबै एक हुनुपर्नेमा जोड दिए । साथै दुइतिहाइको आडमा प्रेस माथि अंकुश लगाउनु सरकारको निन्दनिय काम भएको उनिहरुको भनाइ छ । माथिल्लो नेतृत्व तहमा आन्तरिक किचलोको कारणले गर्दा तल्लो तहका नेता तथा कार्यकर्तामा पनि निराशा छाएको बताउँदै पार्टी बलियो बनाउन केन्द्रमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

बिलप्रसाद पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव डिलबहादुर किसान तरुणदल वडा सदस्य केशर घर्ती लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै आइतबार प्रदेश सभा क को बेनी बेनी नगरपालिका–२ भकुण्डेमा अगुवा कार्यकर्ता भेला तथा प्रक्षिशण सहित जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार