दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

बेनी,मंगलबार भदौ ३१ गते ।
पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्रिेलियाका अध्यक्ष मुक्तिप्रसाद रोका र उहाँको परिवारको आयोजना तथा मालिका गाउँपालिकाको समन्वयमा गाउँपालिका –६ दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संचालन गरिने भएको हो । शिविर आगामी असोज ११ र १२ गते गरी दुई दिन सम्म संचालन हुनेछ । शिविरमा दन्त चिकित्सकहरुले सेवा दिने जनाइएको छ ।

फाइल तस्विर

अस्पताल जान नसकेका गरिब ,विपन्न तथा ग्रामिण भेगका दन्त रोगि विरामीहरुलाई लक्ष्यित गरी शिविरको आयोजना गर्न लागिएको परिवारले जनाएको छ । ‘अस्पताल जान नसकेका गरिब,विपन्न तथा ग्रामिण भेगका दन्त रोगि विरामीलाई लक्ष्यित गरी दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो’ समाजसेवी एवम् मोना अष्ट्रेलिएका अध्यक्ष रोकाले भन्नुभयो । उहाँले शिविरमा सहभागि भइ सेवा लिन सबैलाई आग्रह गर्नुभयो । रोकाले यसअघि पनि शैक्षिक तथा विभिन्न सामाजिक सेवामा काम गरिसक्नुभएको छ ।

प्रवासमा बगाएको पसिनाको कमाई ग्रामिण भेगका नागरिकको स्वास्थ्य सेवामा खर्च गर्नु प्रशंसनिय कार्य भएको कार्यक्रम समन्वयकर्ता भुमिकामा रहेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । शिविरले अस्पताल जान नसकेका गरिब ,विपन्न तथा ग्रामिण भेगका दन्त रोगि विरामीहरुलाई ठुलो टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । साथै उहाँँले शिविरमा सहभागि सेवा लिन सबैलाई आग्रह गर्नुभएको छ । शिविरमा साधारण दन्त जाँच ,मेसिनबाट दाँत भरिने,हालिएको ,कुहिएको र किराले खाएको तथा नमिले दाँत निकाल्ने ,अशक्त दाँतको शल्य निकाश र दन्त स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध हुने जनाइएको छ ।

सुचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार