नवलपरासीका दुई स्थानमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं ,मंगलबार असोज ७ गते । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नम्बरको ट्रक र बा ४१ च ६४०९ नम्बरको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृत्यु हुने पाँचैजनाको नाम ठेगाना अझै खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडौंका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन् ।

ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार