प्रधानमन्त्री ओलिले संसदमा प्रयोग गरेको ‘आक्रोश, कुण्ठा र निम्छरा’शब्द अझै हटेन

काठमाडौं,विहिबार कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गत वैशाख २४ गते नीति तथा कार्यक्रममा उठेका प्रश्न र जिज्ञासको जवाफ दिने बेलामा भनेका थिए, ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद, आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नको जवाफ प्रस्तुत गर्छु ।’

सो भनाइपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी गरे पनि सभामुखले संसद्को कारबाही अघि बढाएका थिए ।नाराबाजीबीच नै नीति तथा कार्यक्रम पारित भएको थियो । सभामुख महराले तीन दिनपछि वैशाख २७ मात्र प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द हटाउन निर्देशन दिएका थिए ।

प्रतिपक्षी सांसद्ले पनि होलल्लाको क्रममा असंसदीय शब्दको प्रयोग गरेका थिए । संसद्को रेकेर्डिङ् शाखामा प्रतिपक्षीले होहल्ला गरेको रेकर्ड नसुनिएकाले उनीहरूले बोलेको स्वतः हटेको छ । आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीको बाइलाइनमा यो समाचार प्रकाशित छ । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार