गलकोटमा भारतीय विस्तारवाद विरुद्व राँके जुलुस सँगै विरोध प्रदर्शन

थम्मन थापा
बागलुङ,शुक्रबार कात्तिक २९ गते ।

यतिबेला देशमा छिमेकी मुलुक भारतले नेपालको भु(भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाण्डौ लगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ । विभिन्न विद्यार्थी संगठन राजनैतिक दलहरुले सरकारलाई खबरदारी गरिरहेका छन । गलकोट नगरपालिका ३ हटिया बजारमा नेपाल तरुण दल वडा समितीको आयोजनामा शुक्रबार साँझ भारतिय विस्तारवाद विरुद्ध प्रदर्शन गरिएको छ ।

नेपाली भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले अतिक्रमण गरि आफनो देशको नक्सामा सार्वजनिक गरेको विरोधमा विरोध प्रर्दशन गरिएको हो ।लिपुलेक कालापानीको भुमी नेपाली हो र नेपाली रहनुपर्छ भन्दै नेपाली काँग्रेसले आधिकारिक रुपमा नेपाल सरकारलाई अनुरोध गर्दै आएको छ । उग्रराष्ट्रवादको आडमा सत्तासिन भएको सरकार नेपाली सिमाना अतिक्रमणको विषयमा केही पनि नबोलेको भन्दै नेपाली कांग्रेसले भारतीय विस्तारवादको विरुद्ध दबाब सृजना गर्ने उद्येश्यका गलकोट नगरपालिका ३ हटिया बजारको लोकतान्त्रिक चोकबाट विरोध जुलुस ९राँकेजुलुस० निकालेको छ ।

नेपाली कांग्रेस गलकोट नगरपालिका ३ नं वडा समिती, नेपाल तरुण दल, गलकोटले आयोजना गरेको उक्त जुलुसमा भारतिय विस्तारवाद विरुद्ध एक होऔ, कम्युनिष्ट सरकार राजिनामा दे लगाएतका नारा लगाएका थिए । लोकतन्त्र चोकबाट सुरु भएको जुलुस जिपपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई नेपाली कांगेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेस जिल्ला सदस्य फम बहादुर खत्री लगायतले सम्वोधन गरेका थिए । विरोध प्रर्दशनीमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, भातृ संगठन लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार