निलगिरी हाइड्रोपावरमा डम्पर दुर्घटनामा चालकको मृत्यु

म्याग्दी, सोमबार पौष २१ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन म्याग्दी निलगिरी हाइड्रोपावरको डम्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नवलपरासीका हाइड्रोपावरमा काम गर्ने मजदुर २८ बर्षका कुमार चौधरीको भिरमा माटो फाल्ने क्रममा अचालक डम्पर ५० मिटर तल पल्टिदा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

र्दुघटनामा परेर सिकिस्त भएका चौधरीको टाउकोमा गहिरो चोट लागेरको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । दुर्घटना शनिबार बेलुकी ७ बजे भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार