अन्नपुर्ण पर्यटन महोत्सव सुरु ,गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा–मुख्यमन्त्री गुरुङ्ग

सुरेन गुरुङ्ग
नारच्याङ,विहिबार माघ १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताका विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभयो ।


महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ्गले गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा रहेको बताउनुभयो । उहाँले संसारमा नभएको ऐतिहासिक पर्यटीय स्थलहरु गण्डकी प्रदेशमा रहेको उल्लेख गरे । ‘संसारमा नभएका स्थलहरु गण्डकी भित्र छन् ,प्रदेश सरकारले पर्यटन र उर्जालाई समृद्धीको आधार मानेको छ ,’मुख्यमन्त्री गुरुङ्गले भन्नुभयो ’ ‘प्रदेश सरकारले विशेषता र सम्भावनाका आधारमा गण्डकीभित्र रहेका पर्यटकीय स्थलको छनौट गरी पुर्वाधार निर्माण गर्नेछ ।’
पर्यटकीय स्थलको पर्वद्धन गर्न प्रदेश सरकार पुर्वाधार निर्माणमा लागेको बताउनुभयो । यसैगरी मुख्यमन्त्री गुरुङ्गले देशकै बढी उर्जा उत्पादन हुने गण्डकी प्रदेश उज्यालो गण्डकी अभियानमा जुटेको बताउनुभयो । प्रदेश सरकारले उज्यालो गण्डकी अभियान मार्फत दुईबषर््ा भित्र अध्यारो मुक्त प्रदेश बनाउने लक्ष्य लिएको मुख्यमन्त्री गुरुङ्गको भनाई थियो ।


प्रदेश भित्र घरवास निर्माणका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो । मुख्यमन्त्री गुरुङ्गले प्रदेश सरकार पुर्वाधार निर्माण गरिरहेको बताउँदै नागरिकलाई उद्यम व्यापारमा लाग्न आग्रह गर्नुभयो । उहाँले अन्नपुर्ण पर्यटकिय क्षेत्र भएको बताउनुभयो ।

अन्नपुर्णको पर्यटन प्रर्वद्धन र जलविद्युत उत्पादन बढाउन सकेमा अन्नपुर्णलाई आर्थिक समृद्धीमा हासिल गर्न सहज हुने बताउनुभयो । मुख्यमन्त्री गुरुङ्गले पर्यटन पदमार्ग निर्माणका लागि प्रत्येक जिल्लालाई ४० लाख रुपैयाँ बजेट वितरण गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले सघ र प्रदेश सरकारबाट विनियोजन भएका बजेट तथा योजनाका बारे जानकारी दिनुभयो ।


गाउँपालिका भित्र रहेका ओझेलमा परेका गण्तव्यको पहिचान गरी पर्यटकीय स्थलको विकास गर्न र युवा तथा खेलकुदको प्रवद्र्धन गर्न महोत्सवसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बतानुभयो । ‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ अध्यक्ष क्याप्टेन पुनले भन्नुभयो ’ ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’


नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा समेत तयार पारिएको छ ।

कर्याक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा,नेकपाका नेता खड्क गिरी ,धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल .गाउँपालिकाका प्रवक्ता वडा नं ६का अध्यक्ष कृष्ण्प्रसाद बरुवाल लगायतले बोलेका थिए । उपाध्यक्ष केशमाया मगरको स्वागत र कार्यक्रम संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङ्गले अन्नपुर्ण नर्थ व्यसक्याम्प जाने मार्गको म्यापको विमोचन गर्नुभएको थियो । अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैयाँ पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले बताउनुभयो । नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम हिमाल र आधार शिविर म्याग्दीमा पर्छ भन्ने विषय ओझेलमा परेको थियो ।

हर्जाेगले अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सर्वाेच्च चुचुरो सगरमाथामाथि मानव पाइला परेको थियो । त्यसैले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल पनि भनिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायाँमा म्याग्दीको अन्नपूर्ण आधारशिविर परेकाले वर्षौंदेखि यहाँको पर्यटन उद्योग पछि परेको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार