रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

बेनी ,शुक्रबार माघ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँपालिकाको कार्यालय मौवाफाँटमा सम्पन्न सातौ गाउँसभाले विभिन्न योजनाहरु सर्वसम्मतिले पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थिक वर्ष २०७६ र ७७ को छ महिनाको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।


नियमित हिउँदे गाउसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार विभिन्न कार्यक्रम र शिर्षकमा एकमुष्ठ बिनियोजित बजेटलाई योजना तथा कार्यक्रम छनौट गरेर वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाभित्र रहेका पाँच विद्यालयमा मावि तह सम्म अध्यायपन गराउने क्षमता भएका तर प्राविमा रहेका विज्ञान, गणित र अंग्रेजी बिषयका शिक्षकहरुलाई मावि तह सम्मको तलब थप गरेर ५ जनालाई निजि स्रोत बाट सञ्चालन भएका विद्यालयमा पठाउने र प्राविमा गाउँपालिकाले शिक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।
स्नातकतह उत्र्तिणा भएकालाई अनुभवका आधारमा मावितहका लागि विज्ञापन गरिने छ।गाउँपालिकाभित्र अव सुन्य दरबन्दीका मावि नहुने अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा विभिन्न ३१ प्रकारका औषधी सहित सामुदायिक इकाई स्थापना सहित दक्ष स्वास्थकर्मी ब्यवस्था गरी बर्थिङ सेन्टर बनाउने बताए। शिक्षा, स्वास्थ्य र विकास निर्माणका अभियानसँगै जनतालाई स्थानीय सरकारको अनुभुति हुने गरी भावि योजना बनाइएको छ ।
गाउँसभामा साउन देखि पुष सम्म ढुङ्गा, गिटी, बालुवाको ठेक्काबाट १८ लाख, सिफारिस, नाता प्रमाणित लगायत प्रशासनिक सेवा शूल्कबाट दश लाख रुपैया राजस्व संकलन भएको प्रशासकीय अधिकृृत रेग्मीले प्रस्तुत गर्नुभएको थियो । गत असारमा भएको छैटौ गाउसभाले बजेट बिनियोजन गरेका ११६ वटा योजनाहरु मध्य पुष सम्म १० वटा सम्पन्न र ३५ वटा चालू अवस्थामा रहेका छन् । पुजिगततर्फ २१ र चालू तर्फ ३५ प्रतिशत वित्तिय प्रगति भएको छ । असारको गाउसभाले पूजीगततर्फ ११ करोड ५८ लाख र चालुतर्फ १९ करोड ८३ लाख गरि कुल ३१ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको थियो । साउन देखि पुष सम्म ढुङ्गा, गिटी, बालुवाको ठेक्काबाट १८ लाख, सिफारिस, नाता प्रमाणित लगायत प्रशासनिक सेवा शूल्कबाट दश लाख रुपैया राजस्व संकलन भएको छ । कार्यपालिकाको बैठकबाट आकस्मिक खर्चका लागि गरिएका निर्णयको जानकारी र अनुमोदन भएको छ । यसैगरी झि पाखापानी सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारको समपुरक कोषबाट प्राप्त पचास लाख, गाउपालिकाको समपुरक कोषबाट ३५ लाख गरि ८५ लाख बिनियोजन भएको छ ।

त्यस्तै बेनी नगरपालिकासंग सिमाना जोडिएको झिँ र पाखापानी जोड्न रघुगंगा जलविद्युत आयोजनालाई गरिएको प्रस्ताव अनुसार केहीमहिनामै उक्त सडक सञ्चालनमा आउने छ । उपाध्यक्ष कमला तिलिजा लगायत गाउँसभाका सदस्यहरुले जनतालाई सन्तुष्ट हुने गरी काम गर्ने बताउनुभएको छ । गाउँसभाले गाउँपालिकाको भवनको डिपिआर,माटो परिक्षण गर्ने तथा प्रदेश, समपुरक र गाउँपालिकाले गरी १ करोडको लागतमा सभहाल बनाउने, वडा नं २ भगवतीको रिवाङ गनाखेतको बीचमा बन्ने एक गाउँपालिका एक औद्योगिक ग्राम बनाउने पहल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार