ओजे गुप्रले ब्राण्ड एम्बेसेडरमा मिस नेपाल यूनिभर्स देवकोटा नियुक्त

पोखरा ,शुक्रबार फागुन २३ गते ।
मिस नेपाल यूनिभर्स विजेता मनिता देवकोटालाई दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टको नेपाली विक्रेता ओजे गुप्रले ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टलाई नेपाली बजारमा आक्रामक रुपमा विस्तार गरिरहेको गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले ब्राण्ड एम्बेसेडरको सम्झौता गरेका हुन् ।

नेपाली बजारमा कोरियन कस्मेटिक साम्रागीको प्रयोग ह्वात्तै बढिरहेको अवस्थामा गुप्रमार्फत भित्रिएका कस्मेटिक लगायतका प्रडक्टहरुको बजारीकरणमा समेत सहज हुने अपेग्क्षा गरिएको छ । कोरियामा आफ्नो लोकप्रिय ब्रान्डलाई नेपाली बजारमा ल्याउने गरी ठमेलको छाया सेन्टर, जमलको विश्वज्योती महल, ललितपुरको पुलचोक लविम महल र पोखराको न्यूरोडमा शाखा रहेको छ । मोना अन्तराष्ट्रियका अध्यक्ष समेत रहेका ओजे गुप्रका अध्यक्ष जुग्जालीको कोरियाका स्थापित र विश्वबजारमा पुग्ने कस्मेटिक्स सामानहरु नेपाली प्रयोगकर्ताको माझमा ल्याउन सफल भएको बताए । ठूला देशमा उत्पादनको बजार प्रबद्र्धन गर्न नेपाल एउटा राम्रो माध्यम बन्ने तथा नेपाली बजारमा समेत प्रडक्टका बारेमा प्रचारप्रसार गर्न सहज हुने अपेक्षा गरेको बताए । उनले कस्मेटिक साम्रागीहरु सस्तोमा प्रयोग गर्दा गम्भीर असर गर्ने भएकाले निम्न आर्थिक भएकादेखि उच्च आर्थिक हैसियत भएकाले प्रयोग गर्न सकिने गरी सञ्चालनमा ल्याएको बताए ।

अधिकांश कस्मेटिकहरू छालालाई सफा गर्ने, छालाको पुरानो मृत कोषलाई हटाएर नयाँपन दिने, दैनिक प्रयोग गर्नेदेखि लिएर हप्तैहप्तामा प्रयोग गर्नेसम्मका रहेको अवस्थामा बजारमा प्रयोगकर्तालाई समेत सचेत बनाउन विभिन्न कार्यक्रम गर्ने ग्रपुले जनाएको छ । गुप्रले निकट भविस्यमा चितवन र बुटवलमा समेत शाखा विस्तार गर्ने तयारी गरेको छ ।globalnewsnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार