सतुंगलबाट ६ लाख मास्क बरामद

काठमाडौं,सोमबार चैत ०३ गते ।काठमाडौंको सतुंगलबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । सतुंगलमा रहेको विष्णुदेवी गोदामबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको हो ।

यसअघि हिजो कपनलगायतका विभिन्न ठाउँबाट प्रहरीले ३ लाख थान बरामद गरेको थियो । बजारमा अभाव देखाएर बढी मूल्यमा मास्क बिक्री गर्नका लागि लुकाइएका मास्क प्रहरीले बरामद गरेको जनाएको छ ।

रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा मास्क थियो। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको प्रहरीले जनाएको छ ।बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार