१६५ देशमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुग्यो

एजेन्सी,बुधबार चैत ०५ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार ५ सय १७ जना संक्रमित छन भने ८२ हजार ७ सय ६३ जना निको भैसकेका छन ।

कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकसंगको जल र स्थल दुवै मार्ग बन्द गरेका छन भने कैयौं मुलुकमा कर्फ्यु लगाइएको छ । चीनपछि कोरोनाको भारी प्रकोप फैलिएको युरोपले आफुलाई विश्वका सबै मुलुकबाट अलग बनाएको छ ।

अहिले त्यहाँको जनजीवन ठप्प छ । अमेरिकाका कैयौं राज्यमा कर्फ्यु लगाईएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सबै औपचारिक बैठकहरु स्थगित गरिसकेको छ ।

ईरानले जेलमा रहेको ८५ हजार कैदीहरुलाई अस्थायी रुपमा रिहा गरिसकेको छ । पाकिस्तानमा कोरोनाका कारण पहिलो मृत्यु भएको छ भने अफ्रिकी मुलुक तांजानिया र सोमालियामा पनि प्रकोप पुगिसकेको छ ।

यसैबीच चीनले अमेरिकी मिडिया न्यु योर्क टाईम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोस्टका पत्रकारहरुमाथी प्रतिबन्ध लगाएको छ । सत्यतथ्य भन्दा पनि भ्रामक समाचार प्रकाशन गरेको चिनले आरोप लगाएको छ ।

चीनबाटै आएको पछिल्लो जानकारी अनुसार त्यहाँका बैज्ञानिकहरुले एक अर्को नयाँ तथ्य पत्ता लागेको छ । चीनको हुबेई प्रान्तस्थित जिनईन्तान अस्पतालका अनुशन्धानकर्ताहरुले ए रक्त समुहका मानिसहरुमा कोरोना भाईरसको संक्रमण छिटो हुने र ओ रक्त समुहका मानिसहरुमा संक्रमण हुन केही समय लाग्ने बताएका छन । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार