नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,शनिबार असार ०६ गते । नेपालमा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो ।

जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार