अख्तियारका थप २० कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

आयोगका कुन शाखाका कर्मचारीलाई संक्रमण भएको भन्नेबारे खुलाइएको छैन ।गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार