कपिलवस्तुमा दश दिनका लागि कार्यालय तथा सार्वजनिक यातायात बन्द

कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन थालेपछि अत्यावश्यक सेवाबाहेकका सरकारी तथा गैरसकारी कार्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अधिक जनसम्पर्क हुने कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक यातायातका साधान १० दिन बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार २३ गते बिहान ५ बजे देखि ३२ गते राती १२ बजेसम्मका लागि यी कार्यालय तथा सेवाहरु बन्द गरिएको हो।निजी सवारी साधनको हकमा भने जोर दिन जोर नम्बर र विजोर दिन विजोर नम्बर प्लेटका सवारी साधनलाई संचलान गर्न दिइने छ ।

जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि यसको नियन्त्रणको लागि अहिलेको पहिलो चरणमा यस्तो प्रयास सुरु गरिएकोप्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ८ सय ४० जना पुगेको छ । annapurnapostबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार