पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय कोरोना संक्रमितको मृत्यु

ललितपुर । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

मंगलबार राति नै बाँकेमा पनि कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक बिरामीको बुधबार बिहान मृत्यु भएको छ ।कान्तिपुरबात साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार