गण्डकी प्रदेश थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण अनुसार आज ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जसअनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २३ जना, लम्जुङको सुन्दरबजारका ४ जना र नवलपरासीको विनयत्रिवेणीका ५ जना रहेका छन ।

त्यसैगरी भरतपुर अस्पताल चितवनमा गरीएको परीक्षणमा नवलपरासी गैंडाकोटका १ जना र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ गरी कुल ३५ जनामा कोरोना संक्रण पुष्टि भएको हो ।योसगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २२४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार